खाेज्नुहाेस

बैतडीको झुलाघाट क्षेत्र पहिरोको जोखिममा

Image

बैतडी – बैतडीको झुलाघाट क्षेत्र पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाका कारण बजार नजिकैको सडकबाट पहिरो झरिरहेपछि बजार क्षेत्र जोखिममा परेको हो । गएरातिदेखि निरन्तर वर्षा भइरहेका कारण झुलाघाट बजार नजिकैको सडकमा पहिरो झरिरहेको स्थानीयले बताएका छन् ।

navjiwan hospital

लगातार पहिरो झरिरहेकाले बजार क्षेत्र र सडक पहिरोको उच्च जोखिममा परेको बैतडीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मीना अर्यालले जानकारी दिइन् ।

attariya hospital

पहिरो निरन्तर खसिरहेकाले जोखिम बढ्दो अवस्थामा रहेको हुनाले आवतजावतमा सहजता ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।