धनगढी – अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा कैलाली र दार्चुलाबाट प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

कैलालीको जोशीपुर गाउँपालिका–५ का ४० वर्षीय टेकबहादुर मौनीलाई प्रहरीले पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा जिल्ला अदालत कैलालीले उनलाई १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। मौनीलाई इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको टोलीले सोमबार उनकै घरबाट पक्राउ गरेको हो।

त्यस्तै, दार्चुलाको महाकाली नगरपालिका–४ का २२ वर्षीय बिजय टमटा पनि पक्राउ परेका छन्। जिल्ला अदालत दार्चुलाको २०८२ माघ १८ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा उनलाई ९ दिन कैद सजाय तोकेको थियो।
टमटालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले सोमबार दिउँसो उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।



















