खाेज्नुहाेस

गोदावरी– १ मा रहेको घण्टेश्वर/पिनाकेश्वर मन्दिरमा प्राणप्रतिष्ठा तथा जात्रा आयोजना

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ अनामनगरमा रहेको घण्टेश्वर/पिनाकेश्वर देवताको नव निर्मित मन्दिरमा प्राणप्रतिष्ठा गरिएको छ । बुधबार नयाँ निर्माण गरिएको सो मन्दिरमा प्राणप्रतिष्ठा, रुद्रीपाठ एवम् वार्षिक पुजाआजा (जात्रा) गरिएको हो ।

देवताका मुखिया भीम बहादुर मडैले गोदावरीक्षेत्रमा रहेका घण्टेश्वर देवता मान्ने व्यक्तिहरु मिलेर मन्दिर निर्माण गरिएको बताए । उनले मन्दिर निर्माणका लागि करिब ५६ लाख रुपैया लगानी लागेको बताए । जसमा प्रदेश सरकार, नगरपालिका र वडा नं. १ को कार्यालयले मिलेर २३ लाख रुपैया सहयोग गरेको उनको भनाई छ ।

attariya hospital
navjiwan hospital

त्यसबाहेक मन्दिर निर्माणका लागि १० लाख रुपैया चन्दा संकलन गरेको बताउँदै उनले चन्दा संकलनको कार्य जारी रहेको समेत बताए । उनले मन्दिरमा प्रयोग गरिएका काठहरु भने सामुदायिक बनले सहयोग गरेको बताए ।

डोटीको जोरायलमा मुल थान रहेको घण्टेश्वर देवताको तीर्थयात्रा गर्दा पुर्खाले बासस्थान बनाएको स्थानमा नै मन्दिर निर्माण गरिएको मडैको भनाई छ । मन्दिरमा बुधबार नै जात्रा आयोजना गरिएको थियो । हरेक वर्ष शुक्ल अष्ठमीका दिन घण्टेश्वर देवताको जात्रा हुने मडैले बताए ।

उनले सोही दिनको अवसर पारी नवनिर्मित मन्दिरको उद्घाटनका साथै पुजापाठको कार्य पनि सुरु गरिएको बताए ।
मन्दिरमा घण्टेश्वर/पिनाकेश्वर देवता धार्मिक तथा पर्यटन विकास समितिले प्राणप्रतिष्ठा, रुद्रीपाठ तथा जात्राको आयोजना गरेको थियो ।