खाेज्नुहाेस

कैलालीमा टिपर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

Image

धनगढी – कैलालीको गोदावरी र चुरे गाउँपालिकाको सीमाना भीमदत्त राजमार्गमा टिपर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमवार खानीडाँडा पिकनिक पार्क नजिक भएको दुर्घटनामा मोटरसाइकल सवार धनगढी – ४ बोराडाँडी घर भएका ५५ वर्षीय शिव बमको ज्यान गएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

navjiwan hospital

धनगढीबाट चुरेतर्फ गइरहेको मधेश प्रदेश ००३–००१क ३११७ नम्बरको टिपर तथा बाग्मती प्रदेश ०२– ०३५प ३८०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना लगत्तै घाइतेहरूलाई सेती प्रादेशिक अस्पताल ल्याइएकोमा ५५ वर्षीय बमको मृत्यु भएको थियो ।

attariya hospital

डडेल्धुराको अमरगढी–१ घर भएका टिपर चलाक हिक्मत दियाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।