खाेज्नुहाेस

मष्टाधाम निर्माणका लागि आर्थिक सहयोग

Image
मष्टाधाम
navjiwan hospital

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडामा रहेको मष्टाधामलाई आर्थिक सहयोग गरिएको छ । अछामको चौरपाटी गाउँपालिका– ५ निवासी नर बहादुर साउँद र कालु सिँ साउँदले संयुक्त रुपमा मष्टाधाम निर्माणका लागि ५५ हजार ५५५ रुपैया सहयोग गरेका हुन ।

हाल भारतको मुम्बईमा काम गर्दै आईरहेका दुवै जनाले मष्टाधाममा सम्पन्न प्राण– प्रतिष्ठा तथा रुद्री कथाको अवसरमा आर्थिक सहयोग गरेको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले जानकारी दिए । उनले मष्टाधामको निर्माणका लागि यसअघि पनि विभिन्न सहयोगीदाताहरुले सहयोग गर्दै आईरहेकोमा अझै सहयोग आईरहेको बताए ।

attariya hospital