खाेज्नुहाेस

भिरबाट लडेर बाजुराका एक जनाको मृत्यु

Image
file photo
navjiwan hospital

बाजुरा– बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढाको ढाडखर्क भन्ने स्थानमा भीरबाट लडेर मृत्यु भएको हो ।

शुक्रवार बिहानतिर बाख्रा चराउने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital