खाेज्नुहाेस

धनगढीमा एक युवक मृत अवस्थामा फेला

Image
navjiwan hospital

अत्तरिया– धनगढीमा एक युवक मृत फेला परेका छन । धनगढी उपमहानगरपालिका– ७ स्थित रहेको देवरिया बनस्पति उद्यानको पछाडी जंगलमा डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का २३ वर्षिय मुकुन्द राज जोशी मृत फेला परेका हुन ।

धनगढी– १३ राजपुर स्थित मार्केटिङको गर्दै आएका उनि यही माघ १९ गते देखि बेपत्ता थिए । जोशीका आफन्त र प्रहरीले खोजतलास गर्दा उनलाई बिहिबार साँझ ४ः४५ बजे जंगलमा मृत अवस्थामा फेला पारेको सुदरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सो विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

attariya hospital