खाेज्नुहाेस

अत्तरियामा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, २ जना घाइते

Image

अत्तरिया – कैलालीको अत्तरियामा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । बिहीबार ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका – १ मनहरामा भएको दुर्घटनामा साइकलमा यात्रा गरिरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ का ४५ वर्षीय गोपाल रानाको मृत्यु भएको हो ।

navjiwan hospital

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेतीमा प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

attariya hospital

दुर्घटनामा सुप प्र ०१०११ प ८५८५नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका – ५ का २३ वर्षीय नब्लु राना र मोटरसाइकलको पछाडि सवार कृष्णपुर नगरपालिका – ६ का २३ वर्षीय मनुराज राना घाइते भएका छन् ।

उनीहरूको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । रोड क्रम गर्ने क्रममा धनगढीबाट अत्तरिया तर्फ आउँदै गरेको मोटरसाइकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।