अत्तरिया – सृजनशील युवा क्लब (सीवाईसी) को वार्षीक खेलकुख उत्सव अन्तरगत सम्पन्न क्रिकेट प्रतियोगिताको उपाधी मछेली खोला टिमले जितेको छ । सोमबार सम्पन्न फाइनलमा मछेली खोलाले टिम भल्का धामलाई १२६ रनको फराकिलो अन्तरले हराउँदै उपाधी जितेको हो ।

पहिला ब्याटिङ गरेको मछेली खोलाले निर्धारित ओभरमा २०६ रन बनाएको थियो । टिमका लागि मोहन ठगुन्नाले ६१ रन, सन्दिप बिष्टले ४४ रन र नकुल तामाङले ३० रन योगदान दिएका थिए । बलिङतर्फ भल्का धामका किसन भाट, भोज मल्ल, कृष भण्डारी, गणेश जोशी र कमल कडायत ले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको भल्का धाम टिम ७९ रनमै अलआउट भएपछि मछेली खोला सहज जित निकाल्न सफल भयो । प्रतियोगितामा कुल ८ वटा टिम सहभागी रहेका थिए ।
आयोजक क्लबका अनुसार खेल उत्सव अन्तरगत मंगलबार देखि भलिबलका खेलहरू सुरु हुनेछन् । प्रतियोगिता माघ १२ गते देखि सुरु भएको थियो ।



















