खाेज्नुहाेस

कैलाली – ४ : ३ उम्मेदवार र ५ दल दोहोरिँदा, १३ उम्मेदवार र १० दल नयाँ

Image

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा यस पटकको प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा दल, उम्मेदवार, मतदाता सङ्ख्या सबै बढेका छन् । अघिल्लो निर्वाचनमा ९ दल, १० उम्मेदवार र १ लाख १० हजार ४५३ जना मतदाता रहेकोमा यस पटक १५ दल १६ उम्मेदवार र १ लाख १५ हजार १४३ पुगेका छन् छन् ।

जसमा ३ उम्मेदवार र ५ दल यस क्षेत्रबाट दोहोरिएर चुनाव लड्दै छन् भने यस पटक १३ उम्मेदवार र १० दल अघिल्लो पटक चुनाव नलडेर उम्मेदवार र दल हुन ।

attariya hospital

अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेका उम्मेदवारमा लेखराज भट्ट, मोहन देव मिश्र र भीम बहादुर थापा मगर रहेका छन् । लेखराज भट्ट नेकपा एमालेबाटै दोहोरिएर चुनाव लडिरहेका भए पनि मिश्र र थापा भने दल फेरेर चुनाव लड्दै छन् । अघिल्लो चुनावमा जनता प्रगतिशील पार्टी नेपालबाट चुनाव लडेका मिश्र यस पटक नेपाल कम्युनिस्ट पार्टी सयुक्तबाट चुनाव लड्दै छन् भने अघिल्लो चुनावमा नेपाल संघीय समाजवादी पार्टीबाट चुनाव लडेका थापा यस पटक श्रम संस्कृति पार्टीबाट चुनाव लड्दै छन् । अघिल्लो पटक चुनाव लडेका ७ उम्मेदवार भने यस पटक चुनावमा उठेका छैनन् ।

यस्तै नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी सहित ५ दल पुरानै चुनाव चिन्ह सहित प्रत्यक्ष निर्वाचनमा दोहरिएर यस क्षेत्रबाट चुनावी मैदानमा होमिएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका दल मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मानवतावादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी संयुक्त, नेशनल रिपब्लिकन नेपाल, श्रम संस्कृति पार्टी, मितेरी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी, उज्यालो नेपाल पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल सहित १० दल अघिल्लो पटक यस क्षेत्रबाट प्रत्यक्षमा चुनाव नलडेका दल हुन ।

२०७९ सालको निर्वाचनमा १ लाख १० हजार ४५३ जना मतदाता रहेकोमा ६४ हजार १५८ जनाले मतदान गरेका थिए । यस पटक ४ हजार ६९० मतदाता थपिएका छन् ।

navjiwan hospital

कुन वडामा कति मतदाता

कैलाली क्षेत्र नम्बर ४ मा गोदावरीका १२, गौरीगंगाका ११, चुरेका ६ र मोहन्यालका १ वडा समावेश छ ।

जसमा गोदावरी नगरपालिका – १ मा सबैभन्दा धेरै ६ हजार ७९४, वडा नम्बर २ मा ५ हजार ५१७, वडा नम्बर ३ मा ५ हजार ४९५, वडा नम्बर ४ मा ५ हजार ८२०, वडा नम्बर ५ मा ४ हजार ३०९, वडा नम्बर ६ मा ४ हजार ७८५, वडा नम्बर ७ मा ३ हजार ३७५, वडा नम्बर ८ मा ५ हजार ६९१, वडा नम्बर ९ मा ४ हजार ५३४, वडा नम्बर १० मा ४ हजार ७२६, वडा नम्बर ११ मा ४ हजार १६ र वडा नम्बर १२ मा ४ हजार १०१ मतदाता रहेका छन् ।

यस्तै गौरीगंगा नगरपालिका – १ मा ५ हजार ७९, वडा नम्बर २ मा ३ हजार १६५, वडा नम्बर ३ मा ३ हजार ३७०, वडा नम्बर ४ मा ५ हजार ३१४, वडा नम्बर ५ मा ३ हजार ४१६, वडा नम्बर ६ मा ४ हजार २ सय, वडा नम्बर ७ मा ४ हजार ९०, वडा नम्बर ८ मा ४ हजार ७६, वडा नम्बर ९ मा ३ हजार ६६३, वडा नम्बर १० मा २ हजार ८३० र वडा नम्बर ११ मा २ हजार ७४७ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै चुरे गाउँपालिका – १ मा २ हजार ९९५, वडा नम्बर २ मा १ हजार १७२, वडा नम्बर ३ मा २ हजार २८९, वडा नम्बर ४ मा १ हजार ८४१, वडा नम्बर ५ मा १ हजार ७२० र वडा नम्बर ६ मा २ हजार ५३५ मतदाता रहेका छन् ।

कैलाली क्षेत्र नम्बर ४ भित्र रहेको मोहन्याल गाउँपालिका ५ मा १ हजार ५०२ मतदाता रहेका छन् । यस क्षेत्रमा कुल ५७ मतदान स्थल रहेका छन् भने १३६ मतदान केन्द्र रहेका छन् ।