अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ८ स्थित मजगाउँमा गोदावरी नगर स्तरीय थारु माघ महोत्सवमा निजामती सेवामा प्रवेश गरेका युवती सम्मानित भएका छन् । महोत्सवमा चालु आर्थिक वर्षमा गोदावरी – ८ बाट निजामती सेवामा प्रवेश गरेका २ जना युवती सम्मानित भएका हुन ।

सम्मानित हुनेमा आर्थिक वर्ष २०८२/०८३ मा संघीय लोक सेवा आयोग पाँचौँ तह स्टप नर्समा नाम निकालेर डडेल्धुरा अस्पतालमा कार्यक्रममा विना चौधरी र प्रदेश लोक सेवा आयोग खुला चौथो तह अहेवमा नाम निकालेर कोसी प्रदेशमा सेवारत बिपना चौधरी रहेका छन् ।

उनीहरूलाई महोत्सव उद्घाटन सत्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले सम्मानित गरेका थिए ।
कार्यक्रममा लामो समय निजामती सेवामा काम गरेका घनश्याम चौधरी, खगेन्द्र प्रसाद शर्मा लगायतलाई पनि सम्मानित गरिएको थियो ।


















