खाेज्नुहाेस

लालपुरमा रहेको सुनगाभा मोडेल स्कुलको पाँचौँ वार्षिकोत्सव सम्पन्न

Image

अत्तरिया– गोदावरी नगरपालिका–६, कैलालीको लालपुरस्थित सुनगाभा मोडेल स्कुलको पाँचौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बिहिबारबाट सुरु भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । बिहिबार पहिलो चरण अन्तर्गत कक्षा पिजी देखि युकेजीसम्म वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो भने शुक्रबार कक्षा १ देखी कक्षा ४ सम्म गरी दोस्रो चरणमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको हो ।

navjiwan hospital

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर साउँदको अध्यक्षतामा सम्पन्न दोस्रो चरणको कार्यक्रममा वडा नं. ७ की वडाध्यक्ष कलावती साउँद प्रमुख अतिथि रहेकी थिईन । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित विभिन्न प्रतिष्पर्धाहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

attariya hospital

कार्यक्रममा शिक्षा तथा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मानित गरिएको विद्यालयका प्रिन्सिपल दिर्घ साउँदले जानकारी दिए । उनले विद्यालयले विद्यार्थीहरुको संख्यामा भन्दा गुणस्तरमा बढी महत्व दिने गरेको बताए । वि.सं. २०५६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल करिब ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।