खाेज्नुहाेस

सीप तथा रोजगार मेला : वेत बाँसका सामान बनाएर उद्यमी बन्ने सपना

Image

अत्तरिया – ललिता चौधरी बासका टुक्रा चिरिरहेकी थिइन भने छेवैमा सुनिता चौधरी चिरेका बासका काटिलाई मसिनो बनाउँदै थिइन । बासका काटिलाई चिटिक्क बनाएर डोरीमा बुन्ने उनको योजना छ । तर, कसरी बुन्ने थाहा छैन ।

धनगढीमा सञ्चालित सीप तथा रोजगार मेलामा पहिलो दिन बासका काटी मसिनो बनाइरहेकी उनी तिनलाई बुनेर बस्ने मुडा तयार गर्ने बताउँछिन् । ‘मेरो पहिलो दिन हो । आज मैल बराबर साइजमा बास चिर्न र मसिनो बनाउन सिके’ उनले भनिन ‘त्यसपछि यसलाई बुनेर मुडा बनाउने हो ।’

attariya hospital

उनले बासका मुडा बनाएर बिक्री गर्ने योजना रहेको बताइन । ‘बासका सामान बनाएर बिक्री गर्ने योजना छ’ उनले भनिन ‘यसको बिक्री राम्रो हुन्छ जस्तो लाग्छ । हाम्रो गाउँघर तिर पनि बिक्री गर्न आइरहेका हुन्छन् । राम्रै बजार छ ।’

सुनिता जस्तै धनगढी ५ तारानगरकी रुकमणी चौधरी पनि बासका मुडा बनाउन सिकिरहेकी थिइन । उनी भने बासका काटी डोरीमा बुनेर बस्ने मुडा तयार गरिरहेकी थिइन । गाउँघरमै धेरथोर मुडा बनाउन सिकेकी उनी आफ्नो सीपलाई निखार दिन सीप तथा रोजगार मेलामा पुगेको बताउँछिन् ।

navjiwan hospital

‘महिलाको लागि यो एकदमै राम्रो काम हो । घरमा बालबालिका हेरेर पनि यो काम गर्न सकिन्छ’ उनले भनिन ‘मैले पहिले पनि अलि अलि सिकेको थिए । अहिले अहिले अझै दक्ष बन्नको लागि मैले तालिम लिइरहेकी छु ।’

गाउँघरमै बासहरू सजिलै पाइने भएकाले घरमै मुडा बनाएर बिक्री गर्ने उनको योजना छ । ‘घरमा सजिलै बासहरू पाइने भएकाले सीप सिकेर घरमै मुडा बनाएर बेच्न सकिन्छ’ उनले भनिन ‘यसको बजार पनि राम्रो छ । हामीले पहिले पनि घरमा मुडा बनाउने गरेका थियौ । यसको राम्रो माग छ । यहाँ थप राम्रो सँग सीप सिकेर व्यवसायीक रूपमा काम गर्ने योजना छ ।’

सीप तथा रोजगार मेलामा बेत बास क्राफ्ट तथा हस्तकला सामग्री तालिममा सुनिता र रुकमणी जस्तै भगवती श्रेष्ठ पनि उद्यमी बन्ने योजना बुनेकी छिन । उनले तालिममा बेतबासका सामान बनाउन सिकेर घरमै काम गर्ने योजना रहेको बताइन् । उनले भनिन् ‘बेतबासका सामान बनाउन सिकेर घरमै काम गर्न सकिन्छ की भन्ने सोच छ । सीप सिकेर आफ्नै व्यवसाय गर्ने योजना छ ।’

तालिमकी सहायक प्रशिक्षक रहेकी ललिता चौधरीले ३५ दिने उक्त तालिममा बासको मुडा, बेतका मुडा, चुँडी स्डेन्ट, हेन्गर, ¥याक जस्ता सामाग्री तयार गर्ने सिकाइने बताइन् । घरमै बेतबासका सामान निर्माण गर्ने उद्योग सञ्चालन गरेकी उनले बेतबासका सामानको राम्रो बजार भएको बताइन । ‘बेतबासका सामानको राम्रो बजार छ’ उनले भनिन ‘मैले बजारमा सामान पुगाउन सकिरहेकी छैन । घरमा दुवै जना बुढाबुढी यसैमा लागेका छौ ।

धनगढी उपमहानगरपालिको माघ ६ गते देखि धनगढीको खुला मञ्चमा आयोजना गरेको सीप तथा रोजगार मेलामा हाल ७ विधामा २२ वटा तालिम सञ्चालन भइरहेका छन् । सोही तालिम अन्तरगत बेत बास क्राफ्ट तथा हस्तकला सामग्री तालिममा २१ जना महिला सहभागी भएका छन् ।