खाेज्नुहाेस

कैलाली ४ मा उम्मेदवार विरुद्ध परेन उजुरी

Image

अत्तरिया – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले बुधबार दिउँसो ३ बजे सम्म उजुरीका लागि समय तोकेकोमा कसै उम्मेदवार विरुद्ध पनि उजुरी नपरेको निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले बताए ।

navjiwan hospital

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा १६ जनाले उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचन आयोगले माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने समय तोकेको छ ।

attariya hospital

यस्तै माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।