अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया जेसिज वर्ष २०२६ का नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेखराज खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गोदावरी नगरपालिका– ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल, वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही लगायत विभिन्न वर्षका जेसिजका अध्यक्ष एवम् स्थानियहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले समाज र युवाका लागि जेसिज एकदमै राम्रो संस्था भएको बताए । उनले जेसिले व्यक्तित्व विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्न गरेको बताए ।


उनले जेसिजले युवालाई अनु््शासित, लगनशिल र नेतृत्व लिन सक्ने बनाउने गरेको बताए । यसअघि पौष २६ गते भएको अत्तरिया जेसिज वर्ष २०२५ को १४औ वार्षिक साधारण सभाबाट जेसिजको वर्ष २०२६ का लागी बम बहादुर बोगटी अध्यक्षमा निर्वाचित भएका थिए ।
कार्यक्रममा अत्तरिया जेसिजका पुर्व अध्यक्षहरुले वर्ष २०२५ का अध्यक्ष प्रदिप खड्काको घाँटीमा रहेको जेसिज माला नवनिर्वाचित अध्यक्ष बोगटीको घाँटीमा पहिनाएका थिए ।
त्यसबाहेक अत्तरिया जेसिज वर्ष २०२५ का अध्यक्ष खड्काले वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष बोगटीलाई सपथ खुवाएका थिए । त्यसपश्चात अध्यक्ष बोगटीले वर्ष २०२६ का अन्य पदाधिकारीहरुको सपथ ग्रहण गराएका थिए ।

















