अत्तरिया– कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले दोस्रो चरणको वार्षिकोत्सव सम्पन्न गरेको छ । विद्यालयले पुष ३० पहिलो चरणको वार्षिकोत्सव सम्पन्न गरेकोमा आईतबार दोस्रो चरणको वार्षिकोत्सव सम्पन्न गरेको हो ।
पहिलो चरणमा कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरुको सहभागितामा आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रममा दोस्रो चरणमा कक्षा ५ देखी ७ सम्मका विद्यार्थीहरु सहभागि थिए ।


विद्यालयकी प्रिन्सिपल यशोदा ध्याडी कडायतले २०८२ साल विद्यालयका लागि उपलब्धीमुलक रहेको बताईन । उनले २०८२ मा विद्यालयले शैक्षिक क्षेत्रमा राम्रो नतिजा आएको बताईन । उनले विद्यालयले शैक्षिक क्षेत्रमा मात्रै नभई खेलकुद, राष्ट्रपति रनिङ शिल्ड लगायतका प्रतियोगीताहरुमा पनि उत्कृष्ट नतिजा ल्याएको बताईन । उनले विद्यालयको उपलब्धीमा साथ र सहयोग प्रदान गर्ने सम्पुर्ण प्रति आभार व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै उनले अभिभावकहरुले बालबालिकाले पढाईमा मात्रै राम्रो ल्याओस भन्ने भावना राख्न नहुने बताईन । उनले सबै विद्यार्थीले राम्रो अंक ल्याउन नसक्ने बताउदै उनले विद्यालयले विद्यार्थीलाई पढाई मात्रै नभई संस्कार, नैतिकता र व्यवहारिक बनाउने लक्ष्य लिएको बताईन ।
कार्यक्रममा विद्यार्थीहरुका विभिन्न प्रस्तुतीहरु राखिएको थियो । त्यसबाहेक विद्यार्थीहरुले महाभारतको केही अंशलाई नृत्य र नाटकमार्फत प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा ५ देखी ७ सम्मका विद्यार्थीहरुले विभिन्न खेलकुद प्रतियोगिता तथा अन्य शैक्षिक कार्यक्रमहरुमा हासिल गरेका उपलब्धीस्वरुप मेडल तथा प्रमाणपत्रहरु वितरण गरिएको थियो ।
सत्यवती एकेडेमीले चरणवद्ध रुपमा विद्यालयको वार्षिकोत्सव आयोजना गरिरहेको छ । दुई चरणका वार्षिकोत्सव सम्पन्न गरिसकेको विद्यालयले फागुनमा कक्षा नर्सरी देखी ४ सम्मका बालबालिकाहरुलाई सहभागि गराएर तेस्रो र चौथो चरणको वार्षिकोत्सव आयोजना गर्ने जनाएको छ ।















