अत्तरिया – माघ १ गते कैलालीको गोदावरी धाममा आयोजना हुने माघे संक्रान्ति मेलाका लागि निःशुल्क बसको व्यवस्था गरिने भएको छ । गोदावरी नगरपालिकाले माघे संक्रान्ति मेलामा जाने श्रद्धालु भक्तजनहरूको सहजताका लागि निःशुल्क बसको व्यवस्था गर्न लागेको हो ।

बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले मकर मेलाको पहिलो दिन माघ १ गते निःशुल्क ४ वटा बसको व्यवस्था गरिएको बताए ।
बस सेवा अत्तरिया चोक देखि गोदावरी धाम सम्म सञ्चालन गरिने जनाईएको छ ।

माघे संक्रान्तिको पहिलो दिन गोदावरीमा जाने भक्तजनहरूको भीड लाग्ने गर्दछ । गत वर्ष पनि नगरपालिकाले माघे संक्रान्ति मेलाको पहिलो दिन बसहरूको व्यवस्था गरेको थियो ।



















