खाेज्नुहाेस

पिएफए भेट्रान्स कपको उपाधिका लागि आज  अनुपमा र कैनोडा भिड्दै 

Image
अत्तरिया– कैलालीको अत्तरियामा जारी पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको  आज फाइनल खेल हुँदै छ । फाइनलमा आज उपाधिका लागि अनुपमा अलराउन्डर्स र कैनोडा लायन्स भिड्ने भएका छन् । फाइनल खेल सशस्त्रको अत्तरिया स्थित खेल मैदानमा दिउँसो १ बजे देखि सुरु हुने छ ।
attariya hospital
navjiwan hospital
प्रतियोगिताको विजेता टिमले नगद १ लाख २५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप विजेता टिमले नगद ६५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पुस १५ गते देखि सुरु भएको प्रतियोगितामा कैलाली कञ्चनपुरका ८ वटा टिमको सहभागिता रहेको थियाे । ३२ वर्षभन्दा माथि भेट्रान्स उमेर समूहका खेलाडीहरूले मात्रै प्रतियोगितामा सहभागिता जनाएका छन् ।