अत्तरिया – जेन जी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका १९ भारतिय सहित २२६ कैदीबन्दी अझै फरार रहेका छन । भदौ २४ गते काराबारबाट भागेका कैदीबन्दी अझै फरार अवस्थामा रहेका हुन ।

भागेकामध्ये ४० महिला र ३९८ पुरुष मात्रै फर्किएको कारागार प्रमुख चिरञ्जीवि सापकोटाले जानकारी दिए । उनले एक कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या रहेको बताए । उनले फरार रहेकामध्ये १९ जना भारतिय रहेको बताए ।

कारागार प्रशासनका अनुसार सो समयमा कारागारमा ६६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ महिला थिए । ‘फर्किएकामध्ये धेरैजसो आफैँ सम्पर्कमा आएका हुन्, केहीलाई प्रहरीले पक्राउ गरी बुझाएको हो’ कारागार प्रमुख सापकोटाले भने ‘कारागार प्रशासनबाट कैदीबन्दीलाई फर्कन सूचना जारी भएको छ, प्रहरीले फरार रहेकाको खोजी जारी राखेको छ ।’



















