धनगढी – कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

भजनी नगरपालिका – ८ जनकपुरका ६५ वर्षीय राम शंकर चौधरीलाई करणी आरोपमा पक्राउ गरिएको हो । पुस २२ गते साँझ पैसाको लोभ लालच देखाई बिभिन्न प्रलोभनमा पारि जबरजस्ती करणी गरेको उजुरीको आधारमा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिहीवार इलाका प्रहरी कार्यालय भजनीमा परेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



















