खाेज्नुहाेस

भारतमा सम्पन्न नवौँ अन्तरराष्ट्रिय कराँते प्रतियोगिताको उपाधी नेपाललाई, सुदूरपश्चिमले ल्यायो २४ पदक

Image

अत्तरिया– भारतको देहरादुनमा सम्पन्न नवौँ अन्तरराष्ट्रिय कराँते प्रतियोगिमा २७ पदक प्राप्त गर्दै नेपालले उपाधी जित्न सफल भएको छ । डिसेम्बर २७ र २८ मा भारतको हिन्दु नेशनल इन्टर कलेजमा सम्पन्न भएको प्रतियोगीतामा २५ स्वर्ण, १ रजत १ कास्य गरी कुल २७ पदक प्राप्त गरी नेपाल प्रथम हुन सफल भएको हो ।

उक्त प्रतियोगितामा टिम च्याम्पीयनको व्यवस्था रहेको थियो । जसमा नेपालबाट रामपुर नमुना मावि बुडर डोटी, सत्यवती एकेडेमी अत्तरिया, एभरेष्ट एकेडेमी अत्तरिया, लोटस आई इंगलिस बोर्डिङ स्कुल अत्तरिया, ओलानीको डोजो टिम र काठमाण्डौ को डोजोको टिम सहभागि भएर च्याम्पियन हुन सफल भएको नेपालबाट गएका मुख्य रेफ्रि डम्बर साउँदले जानकारी दिए । उनले च्याम्पियन टिममा सबै भन्दा बढी पदक जितका आधारका कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमीले विजयी ट्रफी राख्न सफल भएको बताए ।

attariya hospital

प्रतियोगितामा २२ स्वर्ण सहित भारत द्धितिय हुन सफल भयो भने ३ स्वर्ण सहित भुटान तेस्रो भयो ।

navjiwan hospital

सुदूरपश्चिमले ल्यायो २४ पदक

नेपालले जितेका पदकहरुमा सुदूरपश्चिमले मात्रै २४ वटा पदकहरु प्राप्त गरेको छ । सुदूरपश्चिमबाट एभरेष्ट एकेडेमीका १० जना विद्यार्थी, लोटस आई इंगलिस बोर्डिङ स्कुल र सत्यवती एकेडेमीका १/१ जना, रामपुर नमुना मावि बुडरका ७ जना र ओलानी डोजोका ५ जना सहभागि थिए ।

जसमा एभरेष्ट एकेडेमीका १० जनामध्ये ८ जनाले स्वर्ण, १ जनाले रजत र १ जनाले कास्य पदक जितेको साउँदले बताए । उनका अनुसार सत्यवती र लोटसबाट सहभागि १/१ जना विद्यार्थीहरुले स्वर्ण पदक जितेका थिए भने ओलानी डोजोका ५ जना सहभागिहरुले पनि स्वर्ण पदक जितेका थिए । त्यस्तै रामपुर नमुना मावि बुडरका ७ जना विद्यार्थीहरुले पनि स्वर्ण पदक जितेको उनले बताए ।

सुदूरपश्चिमबाट खेल्नका लागि गएका २४ जना मध्ये सबैले पदक प्राप्त गरेको रेफ्रि साउँदले बताए । प्रतियोगितामा उत्कृष्ट महिला तथा पुरुष खेलाडी तर्फ नेपालकी रेखा बुढा मगर र बिष्णु बि.क घोषित भएको साउँदले बताए । प्रतियोगितामा नेपालबाट टिम कोचका रुपमा सागर बिक र टिम व्यवस्थापकका रुपमा तेज नागरी गएका थिए ।