धनगढी – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कञ्चनपुरबाट १९ जनाको नाम सिफारिस गरेको छ । तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरिएको हो ।

निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री बिना मगर, जीवनराज थापा, मदनसेन वडायक, तिलक भट्ट, दीपक बिसी, भक्तबहादुर अधिकारी र लोकेन्द्र लम्सालको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ बाट जयराम पाण्डेय, दुर्गा जोशी भट्ट, महेशदत्त जोशी, माधवप्रसाद पन्त, लालबहादुर खड्का, हरिस ठकुल्ला र तोयराज जोशीको नाम उम्मेदवारको सूचीमा समावेश छ ।

निर्वाचन क्षेत्र नम्बर ३ बाट पाँच जना नेता सिफारिसमा परेका छन् । जसमा खेम भण्डारी, दीपकसिंह साउद, मानबहादुर सुनार, राजीव दमाई र हरकसिंह धामी रहेका छन् ।



















