अत्तरिया– कैलालीको अत्तरियामा मंगलबार बाट सुरु भएको करियर स्टेशन पिएफए भेट्रान्स कपको सातौ संस्करणमा पहिलो दिन दुई ओटा खेलहरु सम्पन्न भएका छन । पहिलो दिन मंगलबार को पहिलो खेल अत्तरिया सिटी क्रिकेट क्लब र अनुपमा अलराउन्डर्स बिच भएको थियो भने दोस्रो खेल गेटा रोयल्स र महेन्द्रनगर ब्वाईज बिच भएको थियो ।
पहिलो खेलमा अत्तरिया सिटीलाई १५५ रनले पराजित गर्दै अनुपमाले विजयी सुरुवात गर्दा दोस्रो खेलमा महेन्द्रनगर ब्वाईजलाई १२१ रनले पराजित गर्दै गेटाले जित हासिल ग-यो । पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको अनुपमाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९४ रन बनायो । खराब सुरुवात गरेको अनुपमाका लागि सुरज चन्द र सुर्यकमल श्रेष्ठले सम्हालिएर ब्याटिङ गरेका थिए । चन्दले नटआउट रहदै ११४ रनको पारी खेले भने श्रेष्ठ ४१ रनमा आउट भए ।


बलिङमा अत्तरिया सिटीका श्याम नाथले ४ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए । १९५ रनको विजयी लक्ष्य पाएको अत्तरिया सिटी १३.४ ओभरमा ३९ रन बनाउदै अलआउट भयो । अत्तरिया सिटीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा अनुपमाका प्रेम साउँदले ४ तथा सरोज सुनार र एकिन्द्र बमले २/२ विकेट लिए ।
यस्तै मंगलबार कै दोस्रो खेलमा महेन्द्रनगर ब्वाईज गेटा रोयल्ससँग १२१ रनले पराजित भयो । टस जितेर ब्याटिङ रोजेको गेटाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २४० रनको विशाल स्कोर तयार ग-यो । उसका लागि खेलको पहिलो इनिङको अन्तिम बलमा ३ रन लिएर खेलाडी विपिन चन्दले सतक पुरा गरे । उनले मात्र ३६ बलमै सतक पुरा गरेका हुन । त्यसबाहेक खेलाडी हरिष कार्कीले ५३ तथा नरेन्द्र चन्दले ४५ रनको योगदान दिए । बलिङमा महेन्द्रनगरका ओम बस्नेतले २ विकेट लिए । २४१ रनको विशाल लक्ष्य पछ्याउन उत्रिएको महेन्द्रनगर १९ ओभरमा ११९ रन बनाएर अलआउट भयो । उसका लागि किसन भाटले ५१ र राजेश नाथले ३५ रन बनाए । बलिङमा गेटाका खेलाडी जगदिश ठगुन्ना ले ४ विकेट लिए भने विपिन चन्दले २ विकेट लिए ।
प्रतियोगिता अन्तरगत बुधबार २ वटा खेल हुने आयोजक पिएफए स्पोट्र्स क्लबका महासचिव सिद्ध बोहराले जानकारी दिए । उनका अनुसार बुधबार पहिलो खेल बिहान ९ः३० बजे गुलरिया बुल्स र कैनोडा लायन्स बिच हुनेछ भने दोस्रो खेल दिउँसो २ बजे बुढा बाग र महेन्द्रनगर ब्वाईज बिच हुनेछ ।




















