अत्तरिया– कैलालीको अत्तरियामा करियर स्टेशन पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । अत्तरियामा रहेको पिएफए स्पोट्र्स क्लबको आयोजनामा मंगलबार देखी प्रतियोगिताको सातौँ संस्करण सुरु भएको हो ।

मंगलबार एक औपचारीक कार्यक्रमका बिच प्रतियोगिताको शुभारम्भ गरिएको छ । क्लबका उपाध्यक्ष भगवती साउँदको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का रहेका थिए । कार्यक्रममा गोदावरी नगरपालिका– १० का वडाध्यक्ष रविन्द्र शाही, कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्ट, क्लबका वरिष्ठ सल्लाहकार डा. डम्बर बहादुर पाल, डा. नर बहादुर मौनी लगायतका सहभागिता रहेको थियो ।

पौष २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कैलाली कञ्चनपुरका ८ वटा टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टीमले नगद १ लाख २५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप विजेता टिमले नगद ६५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका महासचिव सिद्ध बोहराले जानकारी दिए । प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १५ हजार तथा बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समान नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने उनले बताए ।
लिग कम नक आउट चरणमा खेलाइने प्रतियोगिता टेनिस बलले टि–२० फम्र्याटमा खेलाइने आयोजकले जनाएको छ । ३२ वर्षभन्दा माथी भेट्रान्स उमेर समुहका खेलाडीहरुले मात्रै प्रतियोगितामा सहभागिता जनाएका छन ।





















