खाेज्नुहाेस

बैतडीमा एक युवक मृत फेला

Image

बैतडी – बैतडीको पञ्चेश्वरमा एक युवक मृत फेला परेका छन् । पञ्चेश्वर गाउँपालिका–१ हल्दुविनायकका अन्दाजी २५ बर्षीय तेजबहादुर चन्द बुधबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

navjiwan hospital

मंगलबार भारत जान्छु भनि घरबाट निस्केका चन्द बुधबार बिहान पञ्चेश्वर गाउँपालिका–४ स्थित चौंडाली भन्ने ठाउँमा सडक किनारमा मृत फेला परेका प्रहरी निरीक्षक बडूले बताए ।

attariya hospital

प्रहरी निरीक्षक बडू नेतृत्वको टोली घटनास्थलमा खटिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।