खाेज्नुहाेस

म काम गर्ने सबै कृषि सहकारीसँग जोडिन तयार छु : बलायर

Image

अत्तरिया– पुर्वमन्त्री विर बहादुर बलायरले आफू काम गर्ने सबै कृषि सहकारीहरुसँग जोडिन तयार रहेको बताएका छन । शनिबार गोदावरी– ६ लालपुरमा रहेको जननौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडको ११औ वार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन ।

पुर्वमन्त्री बलायरले कृषिमा राम्रो काम गर्ने सहकारीसँग आफू जोडिन तयार रहेको तथा उनिहरुलाई केन्द्र सम्म जोड्न पनि तयार रहेको बताए । ‘म कृषिमा काम गर्ने सबै सहकारी सँग जोडिन तयार छु’ उनले भने ‘कृषिमा तपाईले राम्रो गर्नुभयो भने माथी सम्म जोड्ने काम मेरो भयो, तर काम त तपाईहरुले गर्नुप-यो नी ।’

attariya hospital
navjiwan hospital

काम गर्ने कृषि सहकारीहरुलाई कृषि ज्ञान केन्द्रले विभिन्न कुराहरु सहयोग गर्ने गरेको बताउदै उनले जननौलोले काम गर्न खोजे आफूले कृषि ज्ञान केन्द्रसँग समन्वय गर्ने बताए । उनले आफूहरुले बिउ वितरण गर्ने गरेको भएपनि उत्पादन भने गर्न नसकेको बताए । ‘देशभरी धानको दुईटा खेती हुन्छ, तर हामी गर्दैनौ’ उनले भने ‘चैते धानको विउ यताबाट हामी बाहिर दिन सक्ने तर चैते धान लगाउन नसक्ने ।’ उनले अरु समयमा उत्पादन हुने धानको तुलनामा चैते धानको उत्पादन बढी हुने गरेको समेत बताए ।

उनले सहकारी भनेपछि आफू डराउने गरेको पनि सुनाए । ‘सहकारी भनेसी म डराउछु, अहिले सहकारीले देशभर तहल्का मच्चाएको छ’ उनले भने ‘पार्टीका ठुलठुला नेताहरु सहकारीसँग जोडिएर जेल गएका छन, अझै जाने बाला छन ।’ तर महिलाहरु जोडिएको सहकारीहरु भने बलियो भएर निस्किने गरेको पनि उनले बताए । उनले महिलाहरु जोडिएको सहकारीमा बढी इमान्दारीता हुने बताए ।