अत्तरिया– कैलालीबाट प्रहरीले २ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले चोरी र लागुऔषध मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चोरी मुद्धामा २ वर्ष कैद सजाय र २० हजार रुपैया जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका– १४ बस्ने ३२ वर्षिय मोहन कठायत र लागूऔषध मुद्धामा १ महिना ५ दिन कैद सजाय तोकिएका वडा नं. १ का ३७ वर्षिय निरन्जन पन्त रहेको प्रहरीले बताएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

















