अत्तरिया – नेपाली कम्युनिस्ट पार्टीले अत्तरियामा नगर एकता सन्देश सभा आयोजना गर्ने भएको छ । सोमबार (भोलि) अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा एकता सन्देश सभाको आयोजना गर्न लागिएको हो ।

एकता सन्देश सभाका प्रमुख अतिथि पार्टीका नेता भीम रावल रहने नेपाली कम्युनिस्ट पार्टी गोदावरीका नेता धर्म कुँवरले बताए । नेपाली कम्युनिस्ट पार्टीले मंसिर १२ गने धनगढीमा एकता सभा आयोजना गरेको थियो ।

माओवादी केन्द्र र एकीकृत समाजवादी सहित १२ वटा घटक बिच एकीकरण भएपछि नवगठित नेपाली कम्युनिस्ट पार्टीले हाल प्रदेश सँगै स्थानीय तहहरूमा एकता सभा गरिरहेको छ ।
















