अत्तरिया– कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले राष्ट्रपति रनिङ्ग शिल्डमा मेडल प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । आईतबार विद्यालय प्रांगणमा भरखरै सम्पन्न १६औ राष्ट्रपति रनिङ्ग शिल्डमा मेडल प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।
विद्यालयले १६औ राष्ट्रपनि रनिङ्ग शिल्ड प्रतियोगितामा ३ स्वर्ण, १० रजत र ११ कास्य सहित २४ पदक प्राप्त गरेको थियो । पदक प्राप्त गर्ने विद्यार्थीहरुलाई उनिहरुले प्राप्त गरेको पदकका आधारमा पुरस्कृत गरिएको विद्यालयका सञ्चालक विर बहादुर कडायतले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीलाई ३ महिना, रजत पदक विजेता विद्यार्थीलाई २ महिना र कास्य पदक विजेता विद्यार्थीलाई १ महिना छात्रवृत्ति उपलब्ध गराईनेछ । सो आधारमा राष्ट्रपति रनिङ्ग शिल्डप्रतियोगितामा ५ पदक प्राप्त गरेका विद्यार्थी दिशेक राना मगरले एक वर्षको छात्रवृत्ति प्राप्त गरेका छन । १ स्वर्ण ३ रजत र १ कास्य पदक प्राप्त गरेका उनलाई विद्यालयले एक वर्ष सम्म छात्रवृत्ति प्रदान गरेको हो ।


उनले प्रतियोगितामा १०० मिटर दौड, २०० मिटर दौड, १०० मिटर रिले दौड, ४०० मिटर रिले दौड र लङजम्पमा सहभागि भएको बताए । उनले आफूले सबै सहभागि खेलहरुबाट पदक प्राप्त गरेको बताए । उनले लङजम्पमा स्वर्ण पदक, १०० मिटर रिले दौडमा कास्य पदक र अन्य ३ वटा दौडहरुमा रजत पदक प्राप्त गरेका थिए । उनले आफूले पहिले देखी नै अभ्यास गरेकाले सफलता प्राप्त गर्न सकेको बताए । उनले विद्यालयले आफूलाई दिएको सम्मान र पुरस्कारले आफूलाई खेलकुदमा अग्रसर बन्न प्रेरित गरेको बताए ।
विद्यालयका सञ्चालक विर बहादुर कडायतले विद्यालयले पढाईको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको बताए । उनले १६औ राष्ट्रपति रनिङ शिल्डमा छैटौ तथा निजि विद्यालयमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको बताए । उनले विद्यार्थीहरुले गरेको मेहनत र प्राप्त नतिजामा आफू एकदमै खुसी भएको बताए । उनले विद्यालयले विगतदेखी नै प्रत्येक प्रतियोगितामा सहभागि तथा विजेता विद्यार्थीहरुलाई पुरस्कृत गर्ने गरेको बताए । उनले विद्यालयको पुरस्कारले विद्यार्थीहरुलाई खेलकुदका क्षेत्रमा आउन प्रेरणा मिल्ने अपेक्षा लिएको बताए ।
१६औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सत्यवतीबाट कक्षा ८ को गणितमा उत्कृष्ट सिकाई उपलब्धी गरेवाफत शिक्षक सन्तोष चौधरी र हाम्रो गोदावरीका शिक्षक सन्जना कडायत सम्मानित भएका थिए । त्यसबाहेक सत्यवतीले मार्च पासमा द्धितिय स्थान हासिल गरेको थियो । नगरका कुल ४३ विद्यालय सहभागि रनिङ शिल्ड प्रतियोगितामा सत्यवती छैठौ स्थानमा परेको थियो ।















