अत्तरिया – सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सहकारीले महिलाहरूलाई सशक्तीकरण गर्ने बताएकी छिन । शनिवार कैलालीको गोदावरी नगरपालिका – ८ जमुनानगरमा रहेको सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारीको २२ औँ साधारण सभामा बोल्दै उनले सो कुरा बताएकी हुन । ‘सहकारीको काम महिला दिदीबहिनीहरूलाई सशक्तीकरण गर्ने आत्मनिर्भर गर्ने, आर्थिक उन्नति गर्ने काम हो’ उनले भनिन ‘सहकारी महिलाहरूको भेटघाट हुने थलो पनि हो ।’

उनले सृजनशील सहकारीले महिला एकताबद्ध हुन्छन्, महिला क्षमतावान् हुन्छन् भन्ने सन्देश दिएको बताइन ।

उनले आफू सामाजिक विकास मन्त्रालयमा आएपछि सुदूरपश्चिमका महिलाहरूको नीतिगत कुरालाई प्राथमिकता दिए महिलाको कानुन बनाएको बताइन । नीतिगत कानुन अनुसार अहिले बजेट पनि विनियोजन भइरहेको बताइन । उनले गाउँमा बसेको महिला होस या सहरमा बसेको महिला नेतृत्वमा आउनुपर्ने बताइन ।
















