अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ स्याउले बजारमा रक्तदान तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । शनिवार स्याउले बजार व्यवस्थापन समितिले रक्तदान तथा सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान कार्यक्रमलाई सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्ब गण हेडक्वार्टर बनबेहडा, स्याउले आधारभूत स्वास्थ्य केन्द्र, दुर्गा भवानी मावि।, दुर्गा ज्योति इंगलिस स्कुल र समैजी मावि ले सहयोग गरेका थिए ।
त्यसबाहेक शिव शक्ति युवा क्लब, सैपाल युवा क्लब र खुटिया चारपाते युवा क्लबले पनि कार्यक्रमलाई सहयोग गरेका थिए ।
बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले स्थानीयलाई सचेत गराउँदै बजारमा सरसफाइ कार्यक्रम आयोजना गरिएको बताए । उनले बजारमा फोहर व्यवस्थापनको लागि डस्टबिन राखिएको भए पनि कुनै व्यक्तिले जनचेतनाको अभावमा सडकमा पनि फोहर फाल्ने गरेकाले सचेत गर्दै सरसफाइ गरिएको बताए ।

उनले सरसफाइ कार्यक्रम र रक्तदान कार्यक्रम स्थानीय व्यवसायीहरुबाट पनि सहयोग सङ्कलन गरेर गरिएको बताए ।

१६ पिन्ट रगत सङ्कलन
कार्यक्रममा १६ पिन्ट रगत सङ्कलन भएको समितिका अध्यक्ष देउवाले बताए । रगत अभावका कारण कसैले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै उनले समितिले यस्ता सामाजिक कार्यहरू निरन्तर गरिरहने बताए ।



















