खाेज्नुहाेस

यार्डद्वारा गोदावरी – ११ मा लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम आयोजना

Image
अत्तरिया – विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) ले कैलालीको गोदावरी नगरपालिका – ११ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम आयोजना गरेको छ । बुधवार किन्डर नोट हिल्फेको आर्थिक सहयोग तथा वडा सँगको सहकार्यमा यार्डले बाल अधिकार संरक्षणका लागि महिला सशक्तीकरण परियोजना अन्तरगत कार्यक्रम आयोजना गरेको हो ।
attariya hospital
वडाध्यक्ष प्रेम सिङ बडैलाको प्रमुख आतिथ्यमा भएको सचेतनामूलक कार्यक्रममा विशिष्ट अतिथि सामाजिक अभियन्ता तथा पूर्व वडा अध्यक्ष शिवबहादुर बिक अतिथिमा वडा सदस्य गङ्गा खड्का, ओलानी अस्थायी प्रहरी चौकीका इन्चार्ज केशव बहादुर साउदको सहभागिता रहेको थियो ।
navjiwan hospital
कार्यक्रम सञ्चालन यार्डकी वडा नम्बर ११ की सामाजिक सहजकर्ता तथा मानव अधिकारकर्मी लक्ष्मी विकले गरेकी थिइन ।
कार्यक्रममा महिला हिंसा विरुद्ध लेखिएका सचेतना मूलक नारा लेखिएका ब्यानर सहित -यालीको गरेर महिला हिंसा सम्बन्धी सहभागी महिलाहरूलाई सचेतनामूलक जानकारी दिइएको थियो ।