खाेज्नुहाेस

गजल

Image
माया कस्तो हुनुपर्छ, प्यार कस्तो हुनुपर्छ
सम्झाउन प्रिय प्रेमको, संसार कस्तो हुनुपर्छ ।
attariya hospital
शब्दमा होइन कर्ममा झल्किनुपर्छ त्यो भावना
जनतालाई नारा हैन देखाउनुस्, व्यवहार कस्तो हुनुपर्छ ।
navjiwan hospital
देशलाई रुवाउने र बेच्ने सित नभई
विपत्तिमा उभिनेसँग भेटियोस्, सरकार कस्तो हुनुपर्छ ?
सपनाको बलि चढाएका आमाबुबाहरूलाई
पीडा मेट्ने देखाइयोस्, आधार कस्तो हुनुपर्छ ।
साँचो मायाले मनका घाउहरू धोइयोस्,
बिझाइरहेका पलहरूमा देखाइयोस्, सुसार कस्तो हुनुपर्छ ।