आज
उनले साथ छाेडिन घर छाेडिन
मेराे गाेजिमा दाम नहुँदा।
मैले परिवार छाेडे समाज छाेडे
मेराे देशमा काम नहुँदा ।।
पढि लेखी सीप सिके
देश मैं खाउँला भनी हिडि रहे।
भ्रष्टाचारकाे दलदलमा देश देखे
बेरोजगारी भै लडि भिडि रहे।।

न्याय आज हाेला भाेली हाेला
जाला देश सुशासनमा बसि रहे।
नयाँ,पुरानाे पार्टी पक्कै गर्छ भनी
यिनकाे जुँगा तानातानमा फसि रहे।।
तर आज
उनले साथ छाेडी घर छाेडी
मेराे गाेजिमा दाम नहुँदा ।
मैले घर छाेडे समाज छाेडे
मेराे देशमा काम नहुँदा ।।
बुझे
माथि देखि तल सम्म
भ्रष्टहरुका नै आखँडा।
सजिलै काम मिल्ने कहाँ
भिन्नै रहेछ बाटो र माेहडा।।

हिजाे
हुँ नेता भनी घर आँगनमा
झाेलेहरु कै जत्था बाेकि आउँथे ।
तिम्रा छाेरा,छाेरी मेराे जिम्मा भनी
बा माँ का खुट्टा ढाेगि फकाउँथे।।
ठुलै मान्छे घरमा आए बाबू
भनी बा माँ खसी,बाेका ढलाउँथे।
सानै थिए भगवान झैं लाग्थाे
सत्य जस्तै मनमा भाव फुलाउँथे।।
बेेराेजगारीले म सधैं हल्लि रहे
यिनकाे असत्य सधैं कहाँ लुक्थ्याे र!
हाम्रो भावनामा खेलि रहे
मेरा पिडा यिनलाई किन दुख्थ्याे र!
बा ले भनेकाे सुनिन रत्तिभर
भन्थे सधैं गाेरुकाे हलाे झिक ।
बेरोजगारी हट्छ बाबू
कुटाे काेदाली चलाउन सिक।।
आज
उनले साथ छाेडिन घर छाेडिन
मेराे गाेजिमा दाम नहुँदा ।
मैले घर छाेडे, समाज छाेडे
मेरै देशमा काम नहुँदा ।।
✍️कृष्ण सिंह धामी

















