खाेज्नुहाेस

गोदावरी– २ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– २ तेघरीमा निर्माण गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नगरप्रमुख विरेन्द्र भट्टले केन्द्रको उद्घाटन गरेका हुन ।

वडाध्यक्ष यज्ञ बहादुर महराको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका नगरप्रमुख भट्टले वडाबासीहरुको स्वाथ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको बताए । उनले जग्गाको विवादका कारण वडामा केही ढिला गरी मात्रै केन्द्र निर्माण भएको बताए । ‘हामीले नगरपालिकाबाट बजेट विनियोजन ग-यौ, तर यहाँ जग्गा उपलब्ध नगराएको भए यो बन्थेन’ उनले भने ‘तर तपाईहरुले यहाँ निर्माण गर्नका लागि जग्गा उपलब्ध गराउनुभयो, त्यसका लागि तपाईहरु पनि धन्यवादको पात्र हुनुहुन्छ ।’ उनले एकदमै उपयुक्त ठाउँमा केन्द्र निर्माण भएको बताए । उनले केन्द्रमा नयाँ नभई पुराना र अनुभवी कर्मचारीहरु रहेको बताए । उनले अनुभवी कर्मचारीहरुले केन्द्रबाट गुणस्तरिय सेवा प्रदान गर्ने विश्वास लिएको समेत बताए ।

attariya hospital

स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकता

navjiwan hospital

नगरप्रमुख भट्टले आफू निर्वाचित भएर आएदेखी नै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । उनले भौगोलिक विकटता भएको नगरपालिका भएका कारण आज नगरपालिकाका १२ वडामा २० वटा स्वास्थ्य केन्द्रहरु रहेको उनको भनाई छ । उनले स्वास्थ्य क्षेत्रमा जिल्लामै नगरपालिकामा अग्र स्थानमा रहेको बताए । उनले राम्रो स्वास्थ्य सेवा प्रदान गरेकै कारण नगरपालिका अग्र हुन सफल भएको पनि बताए । उनले नगरले गर्भवती महिलाहरुका लागि नगरपालिकाले एम्बुलेन्स निःशूल्क गरेको बताए । उनले स्वास्थ्य विभिन्न सेवासुविधाहरु केन्द्रबाट लिन सकिने समेत बताए । उनले सकारात्मक सोचका साथ सबै मिलेर अघि बढे समाज बनाउन अफ्ठ्यारो नहुने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले स्वास्थ्य केन्द्रबाट नगरबाट तोकिएका विभिन्न आधारभुत स्वास्थ्य सेवाहरु लिन सकिने बताए । उनका अनुसार खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा अन्तरगत गर्भवती जाँच, सुत्केरीको जाँच, ५ वर्षसम्मका बालबालिकाको पोषण सुधारका लागि पोषणका कार्यक्रम तथा विभिन्न रोगका औषधी उपचार गर्ने काम हुनेछन । त्यतिमात्रै नभई केन्द्रबाट विभिन्न सरुवा रोगहरुको जाँच र उपचार गर्ने काम, समुदायस्तरबाट स्वास्थ्य का विभिन्न क्रियाकलापहरु गरिने उनले बताए । जसअन्तरगत सुत्केरी भएका महिलाहरुको घरमै गएर ३ पटक सम्म जाँच, विद्यालय स्वास्थ्य शिक्षाका कार्य, पहुँचबाट टाढा भएको समुदायमा गाउँघर क्लिनिकको काम, बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउनका लागि विभिन्न खोपहरु दिने लगायतका कार्यहरु गरिने उनले बताए । उनले केन्द्रमा समय समयमा प्रजनन स्वास्थ्य शिविरका कार्यक्रमहरु पनि आयोजना गरिने बताए ।

उनका अनुसार केन्द्रमा ९८ किसिमका औषधीहरु निःशूल्क उपलब्ध गराईने बताए । उनले जसमा केही औषधीहरु केन्द्र, केही प्रदेश र केही स्थानिय सरकारले दिने बताए । उनले केन्द्रमा तत्काल ३ जना कर्मचारीको दरबन्दी रहेको बताए । जसअन्तरगत एक जना अहेब, एक जना अनमी र एक जना कार्यालय सहयोगी रहने उनको भनाई छ । उपभोक्ता समितिमार्फत श्रमदान सहित करिब ३९ लाख ८५ हजारको लागतमा सो ३ कोठे आधारभुत स्वास्थ्य केन्द्र निर्माण गरिएको हो ।