खाेज्नुहाेस

बाजुरामा १२ नयाँ मतदान केन्द्र थप गर्न सिफारिस

Image

बाजुरा– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाजुरामा थप १२ वटा मतदान केन्द्र सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले
जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लाका चार स्थानीय तहमा आवश्यकताअनुसार नयाँ मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस पठाएको हो ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त प्रमुख अंगत महतले ४ वटा स्थानिय तहलाई लक्षित गरि मतदान केन्द्र थप गर्नका लागि सिफारिस पठाईएको जानकारी दिए ।
उनले जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका, त्रिवेणी नगरपालिका र बुढीनन्दा नगरपालिकामा आवश्यकता अनुसार मतदान केन्द्र थप गर्नका लागि सिफारिस गरिएको बताए ।

attariya hospital
navjiwan hospital

उनका अनुसार स्वामिकार्तिक खापर गाउँपालिका–१ मा २ र वडा नं. ३ मा २ वटा गरी ४ वटा तथा हिमाली गाउँपालिका– १ बिच्छ्यामा एउटा, वडा नं. ५ मा एउटा र वडा नं. ६ मा २ वटा गरी ४ ओटा मतदान केन्द्र थप गर्नका लागि प्रस्ताव भएको छ । त्यस्तै त्रिवेणी नगरपालिका– ८ मा २ र बुढीनन्दा नगरपालिका– ३ मा २ मतदान केन्द्र थप गर्न प्रस्ताव भएको उनले बताए ।

त्यसबाहेक बुढीगङ्गा नगरपालिका–२, ३, ५ र ९ का मतदान केन्द्रलाई सम्बन्धित वडाको कार्यालयमा स्थानान्तरणका लागि पनि आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हाल बाजुराका पाँच नगरपालिका र चार गाउँपालिकामा ७० मतदान स्थल र ११२ मतदान केन्द्र छन् ।

जिल्लाभर ८६ हजारभन्दा बढी मतदाता छन् । करिब २२ दिनको अवधिमा ८८ महिला र १३३ पुरुष गरी २ सय २१ नयाँ मतदाता थपिएको कार्यालयका निमित्त प्रमुख महतले जानकारी दिए ।