खाेज्नुहाेस

सेती लोकमार्ग निर्माण प्रदेश सरकारको प्रमुख एजेन्डा हो : मुख्यमन्त्री शाह

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सेती लोकमार्गलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा निरन्तर अघि बढाइएको बताएका छन् । बिहीबार बझाङका पालिका प्रमुखहरु, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेती लोकमार्ग निर्माणका लागि आफ्नो निरन्तर पहल जारी रहेको बताए ।

navjiwan hospital

मुख्यमन्त्री शाहले भने, ‘नेपाल सरकारका वैदेशिक भ्रमणहरूमा पनि सुदूरपश्चिमको एकमात्र एजेन्डाका रूपमा सेती लोकमार्गलाई उठाउँदै आएको छु । निर्माण प्रक्रियालाई अघि बढाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत निरन्तर समन्वय भइरहेको छ ।’

attariya hospital

कैलाली, डोटी, अछाम, बाजुरा हुँदै बझाङलाई जोडेर उरै सीमा नाकासम्म पुग्ने यो उत्तर–दक्षिण लोकमार्ग रणनीतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले नेपाल सरकारको प्राथमिकता परियोजना भएकाले द्रुतगतिमा निर्माण सम्पन्न गर्नुपर्नेमा बताए । सेती लोकमार्ग संघीय सरकारले निर्माण् गर्दै आएको छ ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री शाहले मंसिर २३ गतेको आन्दोलन सुशासन कायम गर्ने तथा भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यका साथ भएको स्मरण गर्दै सबै जिम्मेवार तह सच्चिनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वआर्थिक मामिलामन्त्री नरेश शाही, प्रदेशसभा सदस्य पदमबहादुर शाहीलगायतको सहभागिता रहेको थियो ।