खाेज्नुहाेस

सुदूरपश्चिममा कृषि बाली उत्पादन २.७६ प्रतिशतले बढ्यो, कर्जा घट्यो

Image

अत्तरिया – सुदूरपश्चिममा कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) को उत्पादन बढेको छ । सोमबार नेपाल राष्ट्रि बैंक धनगढी कार्यालयले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार कृषि बालिको उत्पादन २.७६ प्रतिशतले बढेको हो ।
प्रतिवेदनमा आर्थिक वर्ष २०८१/०८२ मा कुल सिंचित क्षेत्रफलमा भएको वृद्धि, कृषिमा यान्त्रिकीकरण तथा आधुनिकीकरण बढ्दै गएको, उन्नत जातको बीउ बिजनको प्रयोग बढ्दै गएकोले र मौसम तथा प्रयाप्त वर्षाका कारण कृषि उत्पादनमा सामान्य वृद्धि भएको उल्लेख छ । प्रतिवेदन अनुसार गत वर्ष पनि कृषि बालीको उत्पादनमा ३.६४ प्रतिशतले वृद्धि भएको थियो ।

समिक्षा वर्षमा खाद्य तथा अन्य बाली अन्तरगत सबैभन्दा बढी तेलहन र आलुको उत्पादन क्रमशः १८.८९ प्रतिशत र १६.११ प्रतिशतले वृद्धि भएको उल्लेख छ । प्रदेशमा फापरको उत्पादनमा भने ७७.८८ प्रतिशतले ह्रास आएको छ ।

attariya hospital

खाद्य तथा अन्य बाली अछाम, बाजुरा, डोटी, डडेल्धुरा र बैतडीमा ह्रास आएको छ भने कैलाली कञ्चनपुर र दार्चुलामा बढेको छ । कैलालीमा ८.६० प्रतिशतले वृद्धि हुँदा अछाममा १५.६५ प्रतिशतले ह्रास आएको छ ।

यस्तै प्रदेशमा तरकारी उत्पादन ३.२० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ०.९८ प्रतिशतले ह्रास आएको तरकारी उत्पादन समिक्षा वर्षमा बढेको हो । जिल्लागत रुपमा सबैभन्दा बढी अछाममा ५३.५० प्रतिशतले तरकारी उत्पादन बढेको छ । बाजुरामा भने २९ .८५ प्रतिशतले ह्रास आएको छ ।

प्रदेशमा फलफूल तथा मसलाको उत्पादन २.२१ प्रतिशतले बढेको छ । जिल्लागत रुपमा सबैभन्दा बढी दार्चुलामा १५७.५४ प्रतिशतले फलफूलको उत्पादन बढेको छ भने डोटीमा २९.७४ प्रतिशतले ह्रास आएको छ ।

समग्रमा प्रदेशमा खाध्य तथा अन्य बाली १८ लाख, ६८ हजार ५१ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै तरकारी तथा बागवानी ३ लाख २९ हजार १७३ मेट्रिक टन र फलफूल तथा मसला बाली १ लाख ९२ हजार ८९४ मेट्रिक टन उत्पादन भएको छ । समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा कञ्चनपुरको हिस्सा सबैभन्दा बढी ३८.१८ प्रतिशत र दार्चुला जिल्लाको सबैभन्दा कम २.८० प्रतिशत रहेको छ । त्यसैगरी, तरकारी तथा वागवानी उत्पादनमा कैलालीको हिस्सा सबैभन्दा बढी ४१.२० प्रतिशत र बाजुराको सबैभन्दा कम १.२६ प्रतिशत रहेको छ । त्यसैगरी, फलफूल तथा मसलाजन्य बालीको उत्पादनमा कैलालीको हिस्सा सबैभन्दा बढी ४७.४७ प्रतिशत र अछामको हिस्सा सबैभन्दा कम १.४४ प्रतिशत रहेको छ ।

पछिल्ला तीन आर्थिक वर्षहरुमा कैलाली र कञ्चनपुर जिल्लामा प्रमुख कृषि बालीहरुको उत्पादन (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी, फलफुल तथा मसला, चिया, कफी र मह उत्पादन समेत) बढ्दै गएको देखिन्छ । समीक्षा अवधिमा प्रमुख कृषि बालीहरुको जिल्लागत उत्पादनको विश्लेषण गर्दा कैलाली जिल्ला अग्रस्थानमा रहेको छ भने बाजुरा जिल्ला अन्तिममा रहेको छ ।

पशुपन्छी उत्पादनमा वृद्धि

navjiwan hospital

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा दूध उत्पादनमा १.६४ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा दूधको उत्पादन ४.५८ प्रतिशतले बढेको थियो । समिक्षा वर्षमा मासुजन्य उत्पादन ०.९७ प्रतिशतले बढेको छ भने अघिल्लो वर्ष ९.३२ प्रतिशतले बढेको थियो ।

समिक्षा वर्षमा अण्डा उत्पादमा १.६७ प्रतिशत, उन उत्पादनमा ३.२७ प्रतिशत, छाला उत्पादनमा १.५३ प्रतिशत, घटेको छ । गत वर्ष सोही अवधिमा अण्डा उत्पादन ६.०३ प्रतिशत, छाला उत्पादन ७.३१ प्रतिशत र उन उत्पादन २.२२ प्रतिशतले बढेको थियो । समिक्षा वर्षमा माछा उत्पादन भने १०.३६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा माछा उत्पादन ४.९३ प्रतिशतले बढेको थियो ।

समिक्षा वर्षमा वनजन्य उत्पादनतर्फ काठ र दाउरा उत्पादनमा क्रमशः २३ः३५ प्रतिशत र ८.२७ प्रतिशत बढेको छ । औषधीजन्य बस्तु तथा अन्य उत्पादनमा क्रमशः ६२.८३ प्रतिशत र ३८.१० प्रतिशतले कमि आएको छ ।

जिल्लागत रुपमा दूध उत्पादनमा कैलालीको हिस्सा सबैभन्दा बढी ३७.९० प्रतिशत र बझाङको सबैभन्दा कम ०.९८ प्रतिशत रहेको छ । मासु उत्पादनमा कैलाली जिल्लाको हिस्सा सवैभन्दा बढी ४८.६० प्रतिशत र बाजुराको सबैभन्दा कम ३.४३ प्रतिशत रहेको छ । त्यसैगरी, अण्डा उत्पादनमा कैलालीको हिस्सा सबैभन्दा बढी ५४.३० प्रतिशत र बाजुरा जिल्लाको हिस्सा सबैभन्दा कम ०.६१ प्रतिशत रहेको छ ।

सिँचाइमा झिनो वृद्धि

समिक्षा वर्ष २०८१/०८२ मा सुदूरपश्चिममा कुल सिँचित क्षेत्रफल ०.९६ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा सिंचित क्षेत्रफल ४.१४ प्रतिशतले बढेको थियो । प्रदेशका कुल खेती गरिएको भू–भागमध्ये ४१.९८ प्रतिशत क्षेत्रफल सिंचित रहेको छ । जसका २९.०१ प्रतिशत कुलो र ६८.३७ प्रतिशत नहरबाट सिँचित भएको छ । यस्तै पोखरीबाट २.१६ तथा बोरिङबाट ०.४६ प्रतिशत सिँचाइ भएको छ ।

कृषि कर्जामा ह्रास

प्रदेशमा कृषि कर्जामा ह्रास आएको छ । २०८२ असार मसान्त सम्म बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपशिचम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ३.४१ प्रतिशतले ह्रास आएको छ । कृषिमा कुल १५ अर्ब ९६ करोड ४२ लाख कर्जा पुगेको छ । गत वर्ष पनि कृषि कर्जा १.३१ प्रतिशतले ह्रास आएको थिो ।

समिक्षा वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी कृषि तथा कृषिजन्य सेवामा १९.०३ प्रतिशत प्रभाव भएकोमा सबैभन्दा कम ०.०६ प्रतिशत चिया÷कफी शीर्षकमा कृषि कर्जा प्रवाह भएको थियो ।