खाेज्नुहाेस

कञ्चनपुरमा स्कारपियोको ठक्करबाट सशस्त्र प्रहरी घाइते

Image

धनगढी – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा स्कारपियोको ठक्करबाट सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् ।

navjiwan hospital

सोमबार साँझ लु प्र ०१–००१ च २८०६ नम्बरको स्कारपियोले साइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत ३५ नम्बर शैलेश्वरी गणमा कार्यरत ओमबहादुर चन्द घाइते भएका हुन् ।

attariya hospital

घाइते चन्दको झलारीस्थित टी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।