अत्तरिया– डोटीको जोरायल गाउँपालिका– ६ निरौलीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना अन्तरगत वडा कार्यालयसँगको समन्वयमा लैगिंकमैत्री तथा गुणस्तरीय सार्वजनिक सेवा ःसेवाग्राहीको अनुभव विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम युरोपियन युनियन र संयुक्त राष्ट्रसंघ महिला कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग, प्रोपव्लिकको अगुवाईमा निड्स नेपाल धनगढी र सुशासन प्रर्वद्धनका लागि युवा सुर्खेतको साझेदारीमा सञ्चालन गरिएको थियो ।


कार्यक्रममा ६० जना भन्दा बढी स्थानियको सहभागिता रहेको थियो । स्थानीय सरकारले प्रवाह गर्ने विकास र सेवासंग सम्वन्धित कार्यलाई लैगिंकमैत्री, जनमुखी, जवाफदेहि र पारदर्शि कसरी बनाउन सकिन्छ भन्ने विषयका कार्यक्रम सञ्चालन भएको बताईएको छ । त्यसका साथै योजना तर्जुमा तथा निर्णय प्रकियामा महिला तथा पछाडि पारिएको वर्ग, दलित जनजाती र अपांगता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चित वनाउने पनि कार्यक्रमो उद्देश्यल रहेको निड्स नेपालका कार्यक्रम संयोजक विनोद कडाराले बताए ।
कार्यक्रममा जवाफदेही व्यक्तिका रुपमा गाउँपालिका कार्यालयका योजना अधिकृत चन्द्र सिंह ऐडी, वडा अध्यक्ष गणेश वहादुर वोहोरा, वडा सदस्य यज्ञ वहादुर साउँद र स्वास्थ्य चौकी ईन्चार्ज रामचन्द्र चौधरी रहेका थिए ।
विकास र सेवासंग सम्वन्धित रहेर १५ जना भन्दा वढी महिलाले विभिन्न समस्याहरु तथा विषयवस्तुका बारेमा प्रश्न गरेका थिए । जवाफदेही व्यक्तिहरुले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रमको अन्तमा ६ वुँदे लिखित सार्वजनिक प्रतिवद्धता पनि गरिएको थियो ।
लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता नागरिक संजाल निरौलीका अध्यक्ष पार्वति साउँदको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई परियोजना संयोजक सरिता कुमारी थापाले सहजीकरण गरेकी थिईन । प्रो पव्लिकका टिम लिडर पोष्ट केसीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए ।


















