धनगढी – कैलालीका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका १ लाख ८ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार धनगढी उपमहानगरपालिका–३ स्थित त्रिनगर ब्यारेल र सिसा पोस्ट क्षेत्रबाट अन्दाजी १ लाख ८ हजार २०० रुपैयाँ बराबरका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानमा कुर्ती, सुटपिस, चकलेट पाउडर, सेफोलाइट, प्लास्टिक झिल्ली लगायतका सामग्री रहेका छन्।
प्रहरीले बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने जनाएको छ।


















