खाेज्नुहाेस

बाजुराको कोल्टीमा सञ्चालित स्वास्थ्य शिविरमा ४ हजार बढिले लिए सेवा

Image

बाजुरा– बाजुराको कोल्टी आधारभुत अस्पतालमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ४ हजार बढीले सेवा लिएका छन । एक एक पाइला नेपालको सहयोगमा जिल्लाको बुढीनन्दा नगरपालिकाले आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविरमा ४ हजार २१९ जनाले सेवा लिएका हुन् ।

navjiwan hospital

विशेषज्ञ चिकित्सकहरूको सहभागितामा सञ्चालित शिविरमा १४३ जनाको आँखा (मोतीबिन्दु) को शल्यक्रिया, १९ जनाको नाक, कान र घाँटीको अपरेसन तथा १८० जनामा हड्डी खिईएको र जाली प्वाल परेको समस्याको उपचार गरिएको अस्पतालले जनाएको छ । शिविरमा बालरोग, स्त्री तथा प्रसूति, छाला, दाँत, रेडियोलोजी, प्याथोलोजी, इन्डोस्कोपी र सामान्य शल्यक्रिया लगायत विभिन्न सेवा प्रदान गरिएको कोल्टी आधारभूत अस्पतालले जनाएको छ ।

attariya hospital

निःशुल्क स्वास्थ्य शिविरमा बाजुरा लगायत हुम्ला, मुगु र कालिकोटका नागरिकले पनि सेवा लिएको बताईएको छ । आर्थिक विपन्नता र भौगोलिक विकटताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन बाट वञ्चित नागरिकको सहजताका लागि नगरपालिकाले बर्सेनि यस्ता निःशुल्क शिविर सञ्चालनमा ल्याइरहेको नगर प्रमुख जनक कुमार बोहराले बताए ।