बाजुरा – बडिमालिका नगरपालिकाले मार्तडी बजारमा बसपार्क बाहिर पार्किङ गर्न रोक लगाएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक छेउमा पार्किङ गर्न रोक लगाएको हो । नगरपालिका अन्तर्गतका सडक तथा सार्वजनिक स्थानमा पार्किङ गरेको पाइएमा कानुनी कारबाही गरिने उल्लेख छ ।

नगरपालिकाले मुख्य राजमार्गमा निर्माण सामग्री राखेका भए ७ दिन भित्र हटाउन भनेको छ।

सूचनाको व्यवस्था गरे कानुन बमोजिम संरचना हटाइने नगरपालिकाले जनाएको छ ।



















