अत्तरिया – कैलालीको अत्तरियामा चोकमा मोटरसाइकल ठोक्किएको छ । यसअघि कार्तिक ७ गते कार ठोक्किएकै ठाउँमा पुनः मोटरसाइकल ठोक्किएको हो ।
बुधवार राती धनगढीबाट अत्तरिया तर्फ आउँदै गरेको से ४ प २३०९ नम्बरको मोटरसाइकल अत्तरिया चोकको डिभाइडरमा ठेकिदा चालक गोदावरी नगरपालिका – २ का ३५ वर्षीय सन्तोष चौधरी घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।


घाइतेको टाउकोमा चोट लागेको र उनको अत्तरिया अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कार्तिक ७ गते पनि चोकको डिभाइडरमा ठोक्किएर कार चोक भित्र पसेको थियो । त्यसपछि मर्मत गरिएको डिभाइडरमा पुन मोटरसाइकल ठोक्किएर क्षति पुगेको छ ।
सम्बन्धित समाचार : अत्तरिया चोकमा कार दुर्घटना


















