खाेज्नुहाेस

सुदूर पहाडमा आँटा पिस्न प्रयोग गरिने परम्परागत जाँतो लोप हुँदै

Image

बाजुरा– पछिल्लो समय परम्परागत रुपमा आटाँ पिस्नका लागि प्रयोग गरिने जाँतो लोप हुदैँ जान थालेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बढीजसो प्रयोगमा आउने जाँतो पछिल्लो समय विद्युतिय मिलहरु सञ्चालनमा आएसँगै लोप हुने अवस्थामा पुगेको हो ।

navjiwan hospital

बाजुराका अधिकांश गाउँघरमा परम्परागत रूपमा आँटा पिठो पिस्नका लागि प्रयोग हुने ढुङ्गाको जाँतो अहिले लोप हुने अवस्थामा पुगेको छ । यहाँका पहिला पुस्ताको पालामा घरघरमा जाँतो हुने गरे पनि अहिलेको नयाँ पुस्ताको घरमा भने जाँतो खोज्दा पनि नभेटिने अवस्थामा पुगेको छ । विगतमा यहाँका गाउँ बस्तीमा जाँतोको माध्यमबाट घरमा उपभोग गरिने आँटो पिठो पिस्ने प्रचलन थियो । तर पछिल्लो समय हरेक गाउँ बस्तीमा बिजुली पुगेसँगै कुटानी पिसानी गर्ने विद्युतीय उपकरण (मिल) पुगेपछि अहिले परम्परागत रूपमा रहेको जाँतो भने विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।

attariya hospital

बाजुरामा जाँतोका साथसाथै परम्परागत रूपमा रहेका ढिँकी कोल लगायतका वस्तुहरू समाजबाट विस्तारै लोप हुने अवस्थामा रहेको हिमाली गाउँपालिका– ६ का रामबहादुर रावतले बताए । ‘पहिला हाम्रो बुवाको पालामा घरमा जाँतो कहिल्यै खाली हुँदैन थियो । त्यो जाँतोको भरमा हामी भरमा पिठो दाल सेलपुरी हाल्नलाई चामल समेत पीस्ने गथ्र्याै’ उनले भने ‘अहिले त्यो गाउँदेखि विस्तारै लोप हुँदै गएको छ । कोही कोहीको घरमा त अहिले पनि छन् । तर ती प्रयोगमा भने आएका छैन ।’ उनले पीस्दा केही पैसा नलाग्ने यस्ता जाँतो अहिले पनि यसलाई नयाँ प्रविधिसँगै जोडिदिएको भएर राम्रो हुने बताए ।