धनगढी– मातृभुमी जागरण अभियान नेपाल का सञ्चलक भीम रावल आज (बुधबार) नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् । नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेका रावल बुधबार काठमाण्डौमा कार्यक्रम गरेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुने भएका हुन ।

पार्टीको हाइकमाण्डमा सदस्य रहने गरी रावललाई भूमिका हुने बताइएको छ । रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेको हो । आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भएका हुन् ।

बुधबार दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।



















