खाेज्नुहाेस

छोडी दिए सहर

Image
तिमी सँग नाता जोड्नु घाटा भयो
जीवनको आधा भयो ।
attariya hospital
सुविधाको आसमा दुबिधा नै भयो ।
नाता जोडी पराई हुन्छौँ
गाता टाँसी सजाई दिन्छौँ ।
सम्बन्ध पनि भए कस्ता कस्ता
बदलिएछौँ सहरमा बस्दा ।
तिमी सँग नाता जोड्नु घाटा भयो
जीवनको आशा भयो ।
सुविधाको आशामा दुबिधा नै भयो ।
अहिलेसम्मका नाता न त राख्यौँ।
न त जोख्यौँ ।
भरिन नपाउँदै यता पोख्यौँ उता पोख्यौँ।
तिमी सँग नाता जोड्नु घाटा भयो
जीवनको आधा भयो।
सुविधाको आसमा दुबिधा नै भयो ।
घमण्ड पनि कति तिम्रो साह्रो
तिमी सँग जिउनु पनि गाह्रो ।
भए भरका आरोप लगाई हिन्छाैं
हिजो आज किन तिमी पराई सम्झी दिन्छौँ ।।
navjiwan hospital
तिमी सँग नाता जोड्नु घाटा भयो
जीवनको आधा भयो ।
सुविधाको आसमा दुबिधा नै भयो ।
हराइ सके जीवनका रहरहरू
जीवनमा भरी दियौँ जहर
एकान्तको बासै राम्रो लाग्न अब थाल्यो। अब
यो ज्यानले भिर पाखा लेक बेसी धाउन थाल्यो ।
तिमी सँग नाता जोड्नु घाटा भयो
जीवनको आधा भयो
सुविधाको आसमा दुबिधा नै भयो ।
अनगिन्ती रहर बोकेको थे भित्री
भए म त एक्लो यात्री
भुमरीमा खसे म त, उडे रहरहरू
छोडी दिए अब, तिमी बस्ने सहरहरू
तिमी सँग नाता जोड्नु घाटा भयो
जीवनको आधा भयो।
सुविधाको आसमा दुबिधा नै भयो।
अब छोडी दिए तिमी बस्ने सहरहरू
छोडी दिए तिमी रम्ने सहरहरू।
सजाई राख,देखाई राख तिम्रा रहरहरू
सजाई राख, देखाई राख तिम्रा रहरहरू।।
कृष्ण सिंह धामी