खाेज्नुहाेस

बैतडीमा बिडिसिए कप क्रिकेट प्रतियोगिता सुरु

Image

बैतडी– बैतडीमा तथा बिडिसिए कपको २२औँ संस्करण सुरु भएको छ । क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कप शुक्रबार देखी सुरु भएको हो ।

navjiwan hospital

दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा सुरु भएको प्रतियोगिता एक समारोहका बीच दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले उद्घाटन गरे । समारोहमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुख, दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहरालगायतको उपस्थिति रहेको थियो ।

add everest academy
attariya hospital

बाह्र टोली सहभागी प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर ५ गते हुने क्रिकेट बताईएको छ । प्रतियोगिताको विजेताले रु. १ लाख र उपविजेताले रु. ५० हजार पुरस्कार पाउनेछन् । त्यस्तै म्यान अफ द सिरिजलाई रु. १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही रु. ५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई रु. एक हजार पुरस्कारको व्यवस्था गरिएको छ ।