खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित डडेल्धुरा र बैतडीका युवक पक्राउ 

Image
file photo

अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित डडेल्धुरा र बैतडीका युवक पक्राउ परेका छन । बुधबार राती धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहाबाट  डडेल्धुराको आलीताल गाउँपालिका – ३ का २४ वर्षीय कैलाश धामी र बैतडीको सुर्नया गाउँपालिका – ७ का २३ वर्षीय अबिनाश कुवँर पक्राउ परेका हुन ।

navjiwan hospital

उनीहरुको साथबाट २३० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

add everest academy
attariya hospital

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।