अत्तरिया – श्रद्धा, भक्ति र शुद्धताको प्रतीकको रुममा मानिने छठ पर्वको मुख्य दिन सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको मुख्य दिन आइबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइएको हो । कैलालीको अत्तरियामा पनि छठ पर्वको अवसरमा गोदावरी नदी किनारामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ ।
अत्तरियामा छठ पूजा समितिले विगत १५ वर्षदेखि छठ विशेष पूजा गर्दै आएको छ । समितिका संयोजक वीरेन्द्र कुमार चौधरी अत्तरियामा विगत १५ वर्ष देखि छठ पूजा मनाउँदै आएको बताए ।

‘मिथानाल्चनमा यसको धेरै महत्त्व छ । यो नयाँ ठाउँ भएको हुनाले यहाँ धेरै प्रचार प्रसार छैन । तर यो पर्व मनाउने बाहुल्य भएको ठाउँमा धेरै धूमधामका साथ मनाइन्छ’ उनले भने ‘अत्तरियामा पनि हामीले गोदावरी नदी किनारामा धूमधामका साथ यो पर्व मनाएका छौ ।’ उनले छठ पर्वमा प्राकृतिक सामानको प्रयोग गरेर सूर्यको पूजा गरिने बताए ।

छठ पर्व ४ दिनको भए पनि एक दिन मात्रै बिदा दिइदा भने पर्व मनाउन समस्या हुने गरेको उनले बताए । ‘कर्मचारीहरूलाई ४ दिनको छठ पर्वमा १ दिन मात्रै बिदा दिइदा निकै समस्या हुने गरेको छ’ उनले भने ‘कम्तीमा छठको मुख्य २ दिन बिदा दिए सहज हुने थियो । अहिलेको यो सरकारले हाम्रो यो माग सुनोस् ।’ अत्तरियामा छठ मनाउन कुनै अप्ठ्यारो नभएको बताउँदै उनले सबैले सहयोग गरेको बताए ।
समाजसेवी वसन्त रोकायाले अहिले छठ पर्व सबैको राष्ट्रिय पर्व भएको बताए । उनले अत्तरियामा पनि विगत १५ वर्ष देखि गोदावरी नदी किनारामा छठ मनाइँदै आएको बताउँदै यसलाई अझै व्यवस्थित बनाउनको लागि नदी किनारामा तटबन्ध लगायतका काम गरिनुपर्ने बताए । उनले छठ पर्वको संरक्षणका लागि आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट सहयोग गर्न तयार रहेको बताए ।


छठ पर्व अन्तरगत मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन हुन्छ । आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । बिहान स्नान गरी चोखोनितो गरेर बसेका बर्तालुले भोलि उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व समापन गरिन्छ ।
छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।
छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति ब्रतालुले प्रसाद स्वरूप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान छ ।
षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपती सहित पाँच पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्त वास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
भिडियो
फोटोहरु

















